दफा
समितिको गठनः

३. समितिको गठनः

(१) अस्पतालको चिकित्सास्तर र सेवामा अभिबृद्धि गरी अस्पताललाई विकास गर्ने कार्य समेतको लागि धौलागिरी अञ्चल अस्पताल विकास समिति नामको एक समिति रहनेछ ।
(२) उपदफा (१) बमोजिमको समितिको गठन देहाय बमोजिम हुनेछ ः–

(क) लब्ध प्रतिष्ठित व्यक्तिहरू मध्येबाट नेपाल सरकारले मनोनीत गरेको व्यक्ति –अध्यक्ष
(ख) सभापति, जिल्ला विकास समिति, बाग्लुङ्ग –सदस्य
(ग) प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, बाग्लुङ्ग –सदस्य
(घ) प्रमुख, बाग्लुङ नगरपालिका –सदस्य
(ङ) स्थानीय समाजसेवीहरूमध्येबाट एकजना –सदस्य
(च) चिकित्सकहरूमध्येबाट एकजना –सदस्य
(छ) मेडिकल अधिकृतहरूमध्येबाट एकजना –सदस्य
(ज) पारामेडिकल तथा नर्सिङ्ग स्टाफहरूमध्येबाट एकजना –सदस्य
(झ) अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट, –सदस्य सचिव

(३) अध्यक्ष पदमा मनोनयन हुनको लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच बर्षको अनुभव हासिल गरेको हुनु पर्नेछ ।
(४) उपदफा (२) को खण्ड (ङ), (च), (छ) र (ज) बमोजिमका सदस्यको मनोनयन समितिको सिफारिसमा मन्त्रालयले गर्नेछ ।
(५) उपदफा (२) को खण्ड (ख) र (घ) बमोजिमका पदाधिकारीको पद कुनै कारणले रिक्त रहेको अवस्थामा त्यस्तो पदाधिकारीको कार्य गर्न अधिकार पाएको अधिकारीले समितिको बैठकमा प्रतिनिधित्व गर्नेछ ।
(६) उपदफा (२) बमोजिम मनोनीत सदस्यहरूको पदावधि दुई बर्षको हुनेछ ।